देउसी भैलो २०८२ मा उठेको सम्पूर्ण दान तोसिखोम तथा देवा उत्थानको लागि खर्च

october 25, 2025
आज मिति २०८२ कार्तिक ०८ गतेका दिन जुबु किरात राई उत्थान केन्द्रका अध्यक्ष श्री गोबरधन राईको अध्यक्षतामा यस संस्थाका सल्लाहकार सहितको बैठकमा देउसी भैलोको समिक्षाका साथै हिसाब किताब गरियो ।
यस बर्षको देउसी भैलोको दान संकलन तथा खर्च बिबरण यस प्रकार रहेको छ
कूल दान: रु. ७६,६३५
खर्च : रु. ८,७९५
_______________________
बचत : रु. ६७,८४०
उक्त रकम तोसिखोम तथा देवा उत्थानमा खर्च गरिने निर्णय गरियो ।
कूल देवा तथा तोसिखोमको लागि उठेको रकम :
यो बर्ष रु. ६७,८४०
अघिल्लो बर्ष रु. ६५,३७०
————————
जम्मा रु. १,३३,२१०
उक्त रकम (रु. १,३३,२१० ) जुबुमा नितान्त देवा उत्थान र तोसिखोम निमार्णको लागि प्रयोग गरिनेछ । निकट भविष्यमा तोसिखोम निर्माणको अध्ययन गरिनेछ । देवाको लागि प्रयासरत नै रहेको सम्पूर्ण सराेकारवाला व्यक्तित्वमा जानकारी गराउँछौँ ।

Post Comment