रचना
5 months ago
हामी कहाँ चुक्यौँ ?
२०८२ सालको देउसी भैलो तथा भेटघाट कार्यक्रममा बिमोचन गरिएको पुस्तक जुबुलेमा अध्यक्ष श्री गोबरधन राईज्यूले राख्नुभएको मन्तब्य

पहिला हाम्रो जुबुमा, लाफ्लामा, साङ्खे र लुहारेमा बरिष्ठ देवाहरु हुनुहुन्थ्यो । युम् बाट्पा, यूमच्योहरु हुनुहुन्थ्यो । हाल उहाँहरु सबै बितेर जानुभयो । उहाँहरु आफूमात्र जानुभएन, सबै कुरा लिएर जानु भयो । उहाँहरु छँदा हामीले धेरै कुरा सिक्नु पथ्र्यो, टिपोट गर्नु पथ्र्यो र दस्ताबेजिकरण गर्नुपथ्र्यो । हामी त्यसमा चुक्यौँ ।
आदरणिय दाजुभाई तथा दिदीबहिनीहरु २०८२ सालको दिपावलीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सदाका बर्षहरु झैँ यस बर्ष पनि तिहारको उपलक्ष्यमा हामी उपत्यकामा बसोबास गर्ने सोलुखुम्बु जिल्लाको जुबुले गाँउले साथिभाई इष्टमित्र, दाजुभाईलाइ भेटघाट गरी दुःख सुखका गफगाफ तथा भलाकुसारी गर्दै बर्षमा १ पटक आउने तिहारमा रमाईलो गर्दै बार्षिक जसो भेटघाट गर्दै आइरहेका छौ ।
अघिल्लो बर्षको देउसीबाट उठेको रकम देवा उत्थान र तोसीखोम निर्मानार्थ उपयोग गर्ने निर्णय गरेका छौँ । दुःखको साथ भन्नु पर्छ हाम्रो जुबुलेहरुको पित्री पुजारी (देवा) छैन । त्यत्रो ठूलो राईहरुको बसोबास क्षेत्रमा देवा नहनु भनेको हामी सबै जुबुलेहरुको मौलीक अस्तित्वमाथिको गम्भिर प्रश्न हो । आफ्नो सँस्कार र धर्म कर्म नै नरहेपछि कुनैपनि जातिको अस्तित्व मेटिन्छ । पित्री पुजारी देवा नै नभएपछि हाम्रो धर्मकर्म, रितीरिवाज परम्परा समाप्त हुन्छ । हामी हाम्रो अन्तिम सँस्कारमा बाटो देखाउने, पानी खुवाउने को त? देवाको अभावमा हाम्रो अन्तिम सास पछि पिँडालु गडाइले सँस्कार गर्नु पर्ने अबस्था आउला भन्न सकिन्न । हालसम्म आदरणिय काका हिराकाजी र आदरणिय व्यक्तित्व प्रबल राई देवाको रुपमा हुनुहुन्छ र काम चलेको छ । नागी गर्नु पर्यो भने, पोस्योम चामु पर्यो भने, हुट्पा बोमु पर्यो भने देवा छैन । कृस्चन, बौद्ध, हिन्दु, किरात सबै धर्ममा अन्तेष्टिको विधी हुन्छ । हामी राईहरुको अन्तेष्टि देवाले गर्नुहुन्छ । बिस्तारै समयसँगै देवा नभएपछि हाम्रो यो सँस्कार हराउँछ । मरेपछि हामी कटुन्जेमा बास गछौँ र त्यसको लागि बाटो देवाले देखाउँछन भन्ने विश्वास बोकेको हामी हामी न उधोको न उभोको हुन्छौँ ।
पहिला हाम्रो जुबुमा, लाफ्लामा, साङ्खे र लुहारेमा बरिष्ठ देवाहरु हुनुहुन्थ्यो । युम् बाट्पा, यूमच्योहरु हुनुहुन्थ्यो । हाल उहाँहरु सबै बितेर जानुभयो । उहाँहरु आफूमात्र जानुभएन, सबै कुरा लिएर जानु भयो । उहाँहरु छँदा हामीले धेरै कुरा सिक्नु पथ्र्यो, टिपोट गर्नु पथ्र्यो र दस्ताबेजिकरण गर्नुपथ्र्यो । हामी त्यसमा चुक्यौँ । त्यसप्रति चासो दिने कोही भइएन । फलतः परिणाम स्वरुप यो समय आयो । हामी लगभग लगभग देवाबिहिन समयमा आइपुग्न लाग्यौँ । हुन त देवा नभएको होइन । समाजसेवी तारामान राईज्यूको पहलमा देवा उत्थान भएकै हो । यस संस्थाले र ब्यक्तिगत तबरबाट सहयोग पनि हमीले गरेकै हो । तर हाम्रो नयाँ देवाले जिम्मेवारी पूरा गर्नुसक्नुभएन । यो विडम्बना हो । अब देवा निस्कनु कोही मान्दैनन । उसैलाई विशेष प्रशिक्षण दिएर जान्ने बनाऊ भन्दा पनि उहाँले चासो लिनुहुन्न । चासो नभएपछि काम गर्नु सक्दैन । देवा त हाम्रो लेब्रुङमा पनि हुनुहुन्छ तर त्यत्रो ठूलो गाँउमा एकजना देवाले भ्याउन गाह्रो हुन्छ र आर्थिक अबस्था कमजोर भएको मान्छेले काम गर्नु पर्दा सक्दैन । उधाहरणको लागि वाकुको मान्छेले हुट्पा गर्नु पर्यो भने लिफुबाट देवा लिएर आउनुप्यो । र मान्छेको अािर्थक अबस्था नाजुक छ भने उसले हुट्पा गर्नु सक्दैन । किनभने गाडि रिजर्भ गरेर देवा ल्याउनुपर्छ । उहिलेको जस्तो देवा हिँडाएर ल्याउने कुरा पनि भएका । लिफुबाट देवा ल्यउँदा आतेजाते गाडी भाडा २२ देखि २४ हजार लाग्छ । हुट्पा मात्र गर्नु पनि रिनपान गर्नुपर्ने आम मानिसले कहाँबाट २२ देखि २४ हजार ल्याउन सक्छ । यसैले गर्दा आआफ्नै ठाँउमा देवा अति आबश्यक छ ।
गुरुङहरुले आफ्नो धर्म बचाउनको लागि, आफ्नो परम्परा धान्नको लागि नवजवानहरुलाई लामा पढाउन खर्च दिएर प्रेरित गराउँछन तर हामिले त्यो गर्न सकिरहेका छैनौँ । हाम्रो राई समाजमा लोखिम र देउसा बाहेक सबैमा समस्या त उस्ता उस्तै छन् । सबैले सोँच्न जरुरी छ । मेरो ब्यक्तिगत तर्फबाट मैले धेरै प्रयास गरेँ तर सफल भइएन । गत जेठमा परसुराम राईज्यू, तारामान राईज्यू, श्याम काजी भाई, दुर्गाधन भतिज सहित बृहत छलफल र सक्ने जति प्रयास गरियो तर सफलता प्राप्त भएन । अझै सबैले पहल गरौँ, बिचार बिमर्ष गरौँ, प्रयास गरियो भने असम्भव केहि छैन । तपाईले पनि साथ सहयोग र सल्लाह दिँदै गर्नुहोला । ताकी भविष्यमा अर्को पुस्ताले हामीलाई औला तेर्साउँदै नसोधोस, तपाईले देवा परम्परा किन बचाउन सक्नुभएन ?
प्रसंग बदलौ,
२०७४ साल असारको ति दिनहरुलाई याद गर्छु जतिबेला यो सँस्थाको केहि खाकाहरु बन्न थालेको थियो । अहिले सम्म आउँदा संस्था दर्ता भइसकेको छ । तपाईहरुको मनमा प्रश्न उठेको होला, अहिलेसम्म संस्थाले के के गर्यो त ? यो प्रश्न पनि स्वाभाविक नै हो । यसलाई सकेको जति म मेरो तर्फबाट प्रस्ट पार्न चाहान्छु ।
यो संस्थाकको मूख्य उदेश्य भनेको उपत्यकामा बस्ने सबै जुबुले राईहरुलाई आपत बिपत पर्दा, मरौ टुटौमा एकजुट हुने, तोकिए बमोजिमको मृतकको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने भन्ने हो । त्यसमा हामी २०७४ साल देखि यता दुःखद घटना भएको हरेक घटनामा एकजुट भएर भौतिक तथा आर्थिक सहयोग दिइनै रहेका छौँ । त्यसमा पनि काठमाडौ सहरमा आर्थिकको नै समस्या हुनसक्ने भएकोले आर्थिक साहयोग मा नै जोड दिएका छौँ । कसैकोमा १०,१२ हजार । कसैकोमा ४० हजार कसैकोमा ३० हजार र कसैकोमा २० हजार जे जतिभए पनि हामीले सहयोग निरन्तर उठाइनै रह्यौ । तर यसमा एकरुपता आउन सकेन । सबैकोमा सक्दो प्रयास गरीयो तर भने जस्तो भएन । यसो हुनमा को दोसी ? सरुमा हामीले स्वर्गिय दाजू श्री मनिराजको अन्त्यष्टिमा यो कार्य सुरु गरेका हौँ । सरुमा हामी थोरै थियौँ । त्यसपछि जनिकुमार राईज्यूको पूजनिय स्वर्गिय माताज्यूको अन्त्यष्टिमा अलि संख्या थपियौँ । त्यसपछि स्वर्गिय श्री रण सिंहज्यूकोमा थप संख्या बढेर धेरै हुँदै गयाँै । ततपश्चात सबैले चासो राख्न थालिएको छ । अब अझै यो निरत्तर बढिरहनुपर्छ । थप एकजुट भएर । यहि आसा लिएको छु ।
हामीले पहिले जुबुले जो कोहीको मृत्यु भएमा रु ५०००।– राहत स्वरुप मृतकको परिवारलाई दिने भनि निर्णय पनि गरेका थियौँ । सोहि अनुरुप जम्मा २१ जना मृतकको परिवारलाई रु ५०००।–(अक्षेरुपी रु पाँच हजार) को दरले राहत प्रदान गरियो । तर आर्थिक श्रोत नभएको कारण हाललाई यो कार्य बन्द गरिएको छ ।
हाल हामीसँग करीब ४,०७,७७४।– रकम मौजदात छ । यसपालीको देउसीमा उठेको रकम पनि पहिलेको बर्ष जस्तै सबै देवा उत्थान र तोसिखोम निर्माणमा खर्च गरिने योजना छ ।
जय जुबले ।
जय किरात ।
Post Comment