गतिविधि
1 week ago
जुबु किरात राई उत्थान समाजलाई फिरुज राईको ५५ हजार सहयोग
काठमाडौँ: जुबु किरात राई उत्थान समाजलाई फिरुज राई (बिजुली प्रसाद राई) ले ५५ हजार सहयोग गरेका छन्। उनले समाजको प्रारम्भिक कोषको लागि ५० हजार र देउसी-भैलो कार्यक्रमका लागि ५ हजार गरी ५५ हजार आर्थिक सहयोग गरेका हुन्।
सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिका- ५ स्थायी घर भई हाल काठमाडौँ बसोबास गर्ने राई हालै सिंगापुर पुलिसको सर्जेन्ट पदबाट निबृत्त भएका हुन्। उनले समाजको विकाश तथा समाजप्रतिको जिम्मेवारी बोध सधैं आफुलाई रहेकाले समाजको समाज उत्थानको अभियानको लागि आर्थिक सहयोग गरेको बताए।
“मलाई यस जुबु किरात राई उत्थान समाजले सुरु गरेको सामाजिक अभियानमा सहभागी हुन् पाएकोमा धेरै खुसी लागेको छ, यसलाई मेरो समाज विकाश र समाजप्रतिको जिम्मेवारीका रुपमा समेत लिएको छु।”, उनले रकम हस्तान्तरण गर्दै भने, “हामी सबै सामाजिक प्राणी भएकाले हाम्रो समाजप्रतिको जिम्मेवारी वहन गर्नु हाम्रो कर्तव्य हो, म हाम्रो समाज, रीतिरिवाज, परम्परा र संस्कृतिको जगेर्ना गर्न सधै प्रतिबद्द छु।”
समाजद्वारा केन्द्रीय कार्यालय काठमाडौँको चाबहिलस्थित सगरमाथा गेष्टमा आयोजित देउसी-भैलो कार्यक्रममा राईले उक्त रकम संस्थाका अध्यक्ष गोबर्धन राईलाई हस्तान्तरण गरेका हुन्।
समाजको प्रारम्भिक कोषको लागि गत वर्ष नै सहयोगको घोषणा गरेका राईले कोरोना महामारीको कारणले रकम हस्तान्तरण गर्ने नसकेको पनि जानकारी दिए। समाजको प्रारम्भिक कोषको स्थापना २०७४ सालदेखि गरिएको हो। उक्त कोषमा जम्मा भएको रकम सोलुखुम्बु थुलुङ्ग दुधकोशी गाउँपालिका- ४ र ५ वडामा बसोबास गरिरहेका किरात राईहरुको कला, संस्कृति, धर्म, परम्परा, मुन्दुम/ड्युम्ला तथा परम्पराको विकाश, उत्थान, जगेर्ना, अनुसन्धान र अन्वेषनको लागि सदुपयोग गर्ने संस्थाका अध्यक्ष राईले जानकारी दिए।

Post Comment